बाढीले जलविद्युत् आयोजनाको निर्माण प्रभावित

म्याग्दी । बाढीका कारण म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा निर्माणधीन २१.३ मेगावाट क्षमताको ठुलो खोला जलविद्युत् आयोजनाको निर्माण प्रभावित बनेको छ । संयुक्त ऊर्जा प्रालिले निर्माण गर्न लागेको उक्त आयोजनाको बाँधतर्फ बाढीले अत्यधिक क्षति पुर्‍याएपछि निर्माण प्रभावित बनेको हो । यी असार २१ गते राति आएको अविरल वर्षापछिको बाढीले आयोजनाको बाँधलगायत पूर्वाधारमा क्षति पुर्‍याएको आयोजनाका प्रमुख…