दमौली । गण्डकी प्रदेशको मुग्लिन–पोखरा सडक विस्तार योजना कार्यान्वयनमा ढिलाइ हुँदा पर्यटन क्षेत्रमा असर परेको छ । सडक निर्माणको कामले गति लिन नसक्दा समग्र गण्डकी प्रदेशकै पर्यटन क्षेत्रमा असर पुगेको र यसले पर्यटकको आगमन पनि घटाएको सम्बद्ध व्यवसायीहरूको गुनासो छ । सडक आयोजनाको काम सुस्त गतिमा चलिरहँदा नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार मानिएको पर्यटन र उद्योग…