सवारी आवागनलाई असर नपारी मुग्लिन–पोखरा सडकको काम छिटो सक्न निर्देशन

पोखरा । संघीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले शुक्रबार पृथ्वी राजमार्ग (मुग्लिन–पोखरा सडकखण्ड) विस्तारको काम निरीक्षण गरेका छन् । मन्त्री ज्वालाले उक्त सडकखण्डअन्तर्गत पर्ने पोखरादेखि तनहुँको मादी नदीसम्मको क्षेत्र निरीक्षण गरेका हुन् । सडक विस्तारको काम निरीक्षण गर्दै मन्त्री ज्वालाले सडक विस्तारमा गुणस्तरीयतासँगै सवारी साधन आवागनमा अवरोध नपुर्‍याउन ठेकेदार कम्पनीहरुलाई निर्देशन दिएका छन् ।…