२०१६ सालमा नै कर्णाली परियोजनासम्बन्धी आन्तरिक रूपमा तयारी सुरु भयो । कर्णाली नदीमा ठुलो जलविद्युत आयोजनाको खाका बुनियो । २०१७ वैशाख १५ देखि १८ गतेसम्म भएको राजा महेन्द्रको अमेरिका भ्रमणमा पश्चिम नेपालको बृहत्तर विकासको साथै नेपालको पनि हितका लागि कर्णाली बहुउद्देश्यीय परियोजना विषयमा पनि छलफल भएको थियो । विश्व बैंक र युएनडिपी यस कार्यको तयारीमा…