बागलुङ । ढोरपाटन नगरपालिका–५ अधिकारीचौरको अस्तु–ओडारबोट जोड्ने भुजीखोलामा मोटरेबल पुल ७ वर्षसम्म निर्माण नहुँदा यस क्षेत्रका किसान मर्कामा परेका छन् । हिउँदको समयमा गाउँमै गाडी पुगे पनि बर्खामा भने उत्पादन गरेका तरकारी बजारसम्म पुर्याउन निकै समस्या हुने गरेको यहाँका किसान बताउँछन् । पश्चिम बागलुङमा सबैभन्दा बढी तरकारी उत्पादन हुने गाउँ हो, अधिकारी चौर । हरेक…