उपत्यकाबाट ४ राउण्ड गोली र पेस्तोलसहित एक जना पक्राउ

काठमाडौं । उपत्यकाबाट पेस्तोल र गोली सहित एक जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ७ घर भएका २८ वर्षीय सुलभ भन्ने सुरज श्रेष्ठ रहेका छन् । आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन मार्फत उनलाई सार्वजनिक गरेको छ । उनलाई शुक्रबार विशेष सूचनाको आधारमा बुढानिलकण्ठ ४ पासिकोटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ…