झापा । मेचीनगर नगरपालिकाले सहर तथा ग्रामीण क्षेत्रका अव्यवस्थित तार हटाउन केबल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । नगरपालिका प्रमुख गोपाल बुढाथोकीले केबल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिलाई बोलाएर बिहीबार उक्त निर्देशन दिइएको जानकारी दिए । काँकडभिट्टा, धुलाबारी, इँटाभट्टा, चाराली, धाइजन, बाहुनडाँगी, ज्यामिरगढी, दुहागढीलगायत स्थानका अव्यवस्थित तार व्यवस्थित गर्न निर्देशन दिइएको…