कञ्चनपुरका स्थानीय तहले आफ्नै पाठ्यक्रम ल्याउने

कञ्चनपुर । कञ्चनपुरका स्थानीय तह आफ्नै पाठ्यक्रम बनाइ कार्यान्वयन गर्ने तयारीमा जुटेका छन् । पालिकाले स्थानीय कला, संस्कृति र पर्यटनलाई समेटेर आफ्नै पाठ्यपुस्तक प्रकाशनमा ल्याउने तयारीमा लागेका हुन् । बालबालिकालाई आफ्नो क्षेत्रको प्राकृतिक, सामाजिक, ऐतिहासिक तथा धार्मिक सम्पदाबारे परिचित गराउने विषय समावेश गरेर कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम यसै शैक्षिकसत्रदेखि लागू गरिएको हो…