ढोरपाटन । नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटनमा आउने आगन्तुकलाई आकर्षित गर्न देउरालीमा वन्यजन्तुको मूर्ति निर्माण गरिएको छ । ढोरपाटन नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु पाँच लाखले उपत्यका प्रवेशद्वार देउरालीमा झारल र नाउरको मूर्ति बनाइएको हो । नाउर र झारलको सिकार ढोरपाटन आरक्षमा मात्रै गर्न पाइने हुँदा ती मूर्ति बनाइएको नगरपालिकाले जनाएको छ…