दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान सुरु

खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले श्रमदान अभियान सुरु गरेको छ। जिल्लाको सबैभन्दा ठुलाे स्थानीय तह (१५ वडा रहेको) यस नगरपालिकाले जिल्लास्थित विभिन्न संघसंस्थासँगको सहकार्यमा शनिबारदेखि औपचारिक रूपमा श्रमदान अभियान सुरु गरेको हो। श्रमदान अभियानअन्तर्गत पहिलो चरणमा ग्रामीण सडक निर्माण तथा मर्मत गरिने नगर उपप्रमुख विशन राईले बताए। ‘देश आर्थिक सङ्कटमा फस्दै गएको छ। सानातिना…