आठबिसकोटमा आज सार्वजनिक बिदा

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले शुक्रबार राति गएको भूकम्पमा परी मृत्यु भएकाहरूको सम्झनामा आज सार्वजनिक बिदा दिएको छ। साथै नगरकार्यपालिकामा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ। नगरप्रमुख रवि केसीले जाजरकोट र रुकुम पश्चिम जिल्लामा भूकम्पबाट मानवीय एवं भौतिक संरचनामा पनि क्षति पुर्‍याएकाले आठबीसकोट नगरपालिकाले सार्वजनिक बिदा दिइ उद्धारमा एकीकृत हुन आह्वान…