विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यही असोज २० गते विश्वासको मत लिने भएका छन् । कार्कीले यही २० गते विश्वासको मत लिने समझदारी बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा जुटेको हो । एमालेका प्रमुख सचेत रेवतीरमण भण्डारीले पनि सकेसम्म शुक्रबार यदि नभए शनिबार विश्वासको मतको कार्यक्रम हुनसक्ने बताएका छन् । संविधानको धारा १६८…