ट्रकको ठक्करबाट २ विद्यार्थीको मृत्यु, पृथ्वी राजमार्ग अवरुद्ध

धादिङ। ट्रकको ठक्करबाट धादिङमा २ विद्यार्थीको मृत्यु भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ फुर्केखोलामा आज बिहान ट्रकको ठक्करबाट २ विद्यार्थीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारका अनुसार ट्रकको ठक्करबाट दुबै बिधार्थीको घटनास्थलमा नै मृत्यु भएको हो । उनका अनुसार ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ…