काठमाडौँ । काठमाडौँ महानगरपालिकाका महिला कर्मचारीहरूले ऋषि पञ्चमीको दिन पनि बिदा नपाउने भएका छन् । आइतबार एक सूचना निकाल्दै महानगरले असोज २ गते मंगलबार ऋषि पञ्चमीको अवसरमा महिलाहरूलाई बिदा नदिने भएको हो । महानगरको आन्तरिक महाशाखामार्फत् जारी भएको उक्त पत्रमा २०८० सालको भित्ते पात्राेमा महिलाहरूलाई बिदा दिने भनिए पनि उक्त दिन बिदा नरहेको जानकारी गराइएको…