केही वर्षमा कालीगण्डकीको अस्तित्व समाप्त हुनेछ…

काठमाडौं । कालीगण्डकी नदीमाथि गैरकानुनी रुपमा दोहन हुदै आएको छ । यसरी गैगरकानुनी रुपमा दोहन गरेर सीमित व्यक्तिहरुले प्रकृतिमाथिको हस्तक्षेप गरेको ‘कालीगण्डकी बचाऔं अभियान’का अभियन्ताहरुले बताएका छन्। ‘कोही व्यक्तिको व्यक्तिगत स्वार्थ र फाइदाका लागि यो विशिष्ट सम्पदा नाशिनु कसैलाई पनि स्वीकार्य छैन’ उक्त अभियानको अभियन्ता आरके अतृप्त गिरि भन्छन्, ‘यो हाम्रो मानव सभ्यतामाथिको आक्रमण हो।’…