भक्तपुर । केहीदिनदेखि अविरल परेको वर्षा कारण भक्तपुरको चाँगुनारायण क्षेत्रका २० भन्दा बढी घर पहिरोको उच्च जोखिममा परेका छन् । उक्त क्षेत्रको ताथली, झौखेल, सुडाल, वागेश्वरी, नगरकोटलगायतका क्षेत्रका घर जोखिममा परेको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जानकारी दिए । उनका अनुसार चाँगुनारायण नगरपालिका–९ ताथली नालाछापको राजेन्द्र थापा, शुली पराजुली, रमेश पराजुली, अच्युत पराजुलीका घर पहिरोको…