ट्रिपरको ठक्करबाट डाक्टरको मृत्यु

मोरङ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारीमा मंगलबार बिहान भएको सवारी दुर्घटनाबाट डाक्टरको मृत्यु भएको छ । उर्लाबारी –४ स्थित ऊँ सत्य साई पेट्रोल पम्प छेउमा ट्रिपरको ठक्करबाट सप्तरी घर भएका २८ वर्षीय डा. नीरज यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार…