२८० जनाको क्षमता रहेको कारागारमा ७६० जना कैदीबन्दी, त्रिपालमुनि बास

चितवन-  झमझम पानी परिहँदा यहाँको कारागारमा रहेका कैदीबन्दी त्रिपालमुनि रात बिताउन बाध्य भएका छन् । दिनको चर्को घाममा समेत उनीहरुको बसाइ पालमुनि हुने गरेको छ । चितवन कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन् भने बर्षात्का कारण उनीहरुलाई झनै समस्या हुँदै आएको छ । पक्की संरचनामा कैदीबन्दी नअटेपछि उनीहरुलाई बाहिर त्रिपालमुनि र पालीमा राखिएको हो ।…