३ पालिकामा मादक तथा सुर्तीजन्य पदार्थमा प्रतिबन्ध

हेटाैँडा । मकवनपुरका ३ स्थानीय तहले आजदेखि मादक पदार्थ तथा सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउने भएका छन् । मनहरि गाउँपालिका, हेटौँडा उपमहानगरपालिका र बकैया गाउँपालिकाले यस्ता पदार्थ निषेध गर्न लागेका हुन् । मनहरि गाउँपालिकाले यस्ता पदार्थको बेचबिखन र प्रयोगमै प्रतिबन्ध लगाउने तयारी गरेको गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले बताए । पालिकाले नीति तथा कार्यक्रममै यस क्षेत्रमा सुर्तीजन्य पदार्थ…