नदी दोहनमा अदालतको अंकुश

पोखरा– उच्च अदालत पोखराको आदेशपछि पोखरा महानगरपालिकाले पोखरा–१९ सेती नदीस्थित ढावघाटअन्तर्गत विभिन्न स्थानबाट नदीजन्य सामग्री उत्खननको ठेक्का रद्द गरेको छ । नदीबाट ढुंगा, माटो, गिटी, बालुवालगायत नदीजन्य पदार्थको जथाभावी उत्खनन भइरहेको विषयमा परेको रिट निवेदनमाथि यही चैत ७ गते सुनुवाइ गर्दै अदालतले तत्काल उत्खनन रोक्न अन्तरिम आदेश जारी गरेको थियो । महानगरले नदीजन्य सामग्रीको उत्खनन…