स्वास्थ्य सुविधा विस्तार गर्दै आँबुखैरेनी

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले स्वास्थ्य सुविधा विस्तार गर्दै लगेको छ । गत वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनपछि आएका जनप्रतिनिधिले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएका छन् । गाउँपालिकामा रहेको स्वास्थ्यचौकीलाई गत मंसिरदेखि १५ शय्याको अस्पतालमा स्तरोन्नति गरिएको छ । गाउँपालिकाले उक्त अस्पतालमा आँखा उपचार केन्द्रसमेत विस्तार गरेको छ । स्थानीय तहको निर्वाचनका बेला…