सार्वजनिक पद धारण गरेका व्यक्तिका सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

काठमाडौँ । गोरखाको अजिरकोट गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिलाई आफ्नो सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गर्न सार्वजनिक सूचना जारी गरेको छ । बिहीबार अजिरकोटले सार्वजनिक सूचना जारी गरेर  सार्वजनिक पद धारण गरेका व्यक्ति सबैका बालबालिकालाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्न आग्रह गरेको छ । ‘सामुदायिक विद्यालयहरुलाई थप व्यवस्थित र प्रभावकारी बनाई गुणस्तरीय शिक्षा सुनिश्चितता गर्न…