सीमाञ्चलमा अवस्थित आर्थिक राजधानी वीरगञ्ज

काठमाडौंस्थित विमानस्थलमा म र रितेश त्रिपाठी भेट्दा दिउँसोको करिब ३ बजेको हुँदो हो । त्रिपाठी मधेशबाट उदाएका चर्चित युवा पत्रकार हुन् । स्पष्टवक्ता र विषयवस्तुमा गहिरो अनुसन्धान गर्न रुचाउने पत्रकारका रुपमा चिनिने त्रिपाठी पछिल्लो समयमा काठमाडौंमा क्रियाशील छन् । हामी दुवै जनाको गन्तव्य थियो सीमाञ्चलको नेपाली शहर वीरगञ्ज । नेपाल–भारत पत्रकार ‘कन्कलेभ’ वीरगञ्जमा भोलि अर्थात्…