विभिन्न विद्यालयको कक्षा ११ मा अध्ययनका लागि प्रवेश परीक्षा तथा भर्नामा विज्ञान, व्यवस्थापन, कानुन, नर्सिङ, ट्राभल टुरिजमलगायत नयाँ विषयमा विद्यार्थीहरूको रुचि अत्यधिक रहेको पाइन्छ । शिक्षाशास्त्र विषयमा भने विद्यार्थीको संख्या औलामा गन्न सकिने अवस्थामा छ । विषय छनोटको आधारमा समाज र टोलमा आफ्नो सामाजिक अवस्था किटान गर्ने नाउँमा यहाँ विज्ञान र व्यवस्थापन संकायमा देखिएको विद्यार्थीको…