गृहमन्त्रीलाई खुलापत्र : आज शिक्षक कुट्ने तपाईंलाई हिजाे कसले पढाएकाे ?

नारायणकाजी श्रेष्ठजी गृहमन्त्री, नेपाल सरकार । नमस्कार ! भनिन्छ, अधिकारको दुरुपयोग गर्नु कानुनको नजरमा अपराध हो। तपाईंलाई सम्बोधन गरेर स्मरण गराउन चाहेको विषय आन्दोलनरत शिक्षकमाथि गरिएको अनुचित बलप्रयोग, धरपकड र कुटपिट हो। यसलाई अन्याय भन्ने कि अपराध ? सुरक्षाको जिम्मा पाएको नेपाल प्रहरीले सम्मानित  शिक्षकलाई सडकमा यसरी लछारपछार गर्‍यो, घोक्र्यायो, मुन्ट्यायो, लाठी बजार्‍याे र भकुर्‍याे…