काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा लियोनेल मेस्सीको शानदार गोलसँगै अर्जेन्टिनाले केप भर्डेविरुद्ध अग्रता बनाएको छ। अमेरिकाको मियामी स्टेडियममा जारी खेलको २९औँ मिनेटमा मेस्सीले लिसान्द्रो मार्टिनेजको पासलाई उत्कृष्ट रूपमा सदुपयोग गर्दै गोल गरेका हुन्। उक्त गोलसँगै अर्जेन्टिना १–० ले अघि बढेको छ। जारी विश्वकपमा मेस्सीको यो सातौँ गोल हो। यससँगै उनी…