काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले द्वन्द्वग्रस्त इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको विवरण संकलन भइरहेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मंगलबार उनले २०० भन्दा बढी नागरिकको विवरण संकलन भइसकेको जानकारी दिए । आफूले इजरायलका राजदूतलाई बोलाएर मृतकको शव चाँडो नेपाल ल्याउन, त्यहाँ रहेका नेपालीको सुरक्षा र घाइतेको उपचारको व्यवस्था गर्ने विषयमा…