काठमाडौं । २०७६ सालदेखि गठनको प्रयास भएपनि सफल हुन नसकेको संघीय भूउपयोग परिषद् ५ वर्षपछि गठन गरिएको छ । भूउपयोग नीति, २०७२ अनुसार भूउपयोगसम्बन्धी नीति, योजना र मापदण्ड कार्यान्वयन गर्न संघीय तहमा संघीय भूउपयोग परिषद् गठन गरिएको हो । यसमा मन्त्री बलराम अधिकारीको अध्यक्षतामा विभिन्न विषयगत मन्त्रालयका सचिवसहित पूर्वसचिव डा. रेवतीरमण पौडेल, खाद्य सुरक्षाविज्ञ डा.…