राष्ट्रिय स्वतन्त्र पार्टीले ‘पाँच नेपालीलाई अमेरिका लैजान दूतावासलाई पत्र लेखेको’ आरोप लागेकी उपसभामुख इन्दिरा राना निर्दाेष रहेको भनी प्रतिरक्षा गरिरहेका बेला सोही पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले भने त्यसको प्रमाण आफूसँग भएको दाबी गरेका छन्। राना रास्वपाबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित सांसद हुन्। रास्वपाको स्पष्टीकरण- उपसभामुख राना निर्दोष छिन् तर निष्पक्ष छानबिनका पक्षमा छौँ मंगलबार…