प्रतिनिधिसभा निर्वाचनः झापा १ मा मतदाता फकाउँदै दलहरु

झापा, २० माघ । आसन्न प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा झापा निर्वाचन क्षेत्र नं १ मा चुनावी सरगर्मी बढेको छ । यहाँका प्रमुख राजनीतिक दलहरू यतिबेला भुइँतहसम्म सङ्गठन चलायमान तुल्याउँदै मतदाता फकाउने अभियानमा केन्द्रित देखिएका छन् । यसअघिको निर्वाचनमा यहाँ नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पूर्वकानुनमन्त्री अग्नि खरेललाई पराजित गरेका थिए । यस क्षेत्रमा यसपटक…