सुन गालेर जोख्दा ७३ ग्राम घट्यो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको छ । गाल्दा खेरि सुन ७३ ग्राम घटेको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले बताए । गाल्नुअघि सुन ६० किलो ७८९ ग्राम थियो । राजस्व अनुसन्धान विभागले तीन साउनमा सिनामंगलबाट सुन सहितको १५५ किलो ‘ब्रेक शु’…