लुम्बिनी । लुम्बिनी विकास कोष र लुम्बिनी बचाउ महाअभियानको संयुक्त अध्ययन समितिले लुम्बिनीको संरक्षण तथा विकासका लागि एक अध्ययन प्रतिवेदन प्रस्ताव गरेको छ । लुम्बिनी विकास कोषद्वारा ६ वैशाखमा गठित सो अध्ययन समितिले लुम्बिनी गुरुयोजना क्षेत्रभित्र भएका विभिन्न अनियमित क्रियाकलापलाई व्यवस्थित गर्ने गरी तत्काल कार्यान्वयनका लागि १२ बुँदे योजना बनाई कोषाध्यक्ष ढुण्डीराज भट्टराईलाई बुझाएको छ…