काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औँ महाधिवेशनको उम्मेदवारीबारे अहिले नै चर्चा गर्ने बेला भई नसकेको बताएका छन्। २०७८ मंसिरमा भएको १४ औँ महाधिवेशनबाट आफू महामन्त्री निर्वाचित भएको र जिम्मेवारीअनुसार कामहरू गर्दै १५ औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउनेसमेत जिम्मेवारीमा रहेको थापाको भनाइ छ। ‘म अहिले काँग्रेसको महामन्त्री छु, मेरो जिम्मेवारी भनेको १५…