लेखा समिति सभापति पोखरेलका पूर्व स्वकीय सचिवविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । नेकपा एमालेका सांसद एवम् सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल कुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई सोमबार पक्राउ गरी अनुसन्धान गर्न मोरङ अदालतले अनुमति दिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले प्रशासनलाई बताए । बुढाथोकीका अनुसार ठगी गरी आपराधिक लाभ लिएको…