सन्दीप लामिछानेलाई कारवाही गर्ने क्यानको निर्णय

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेलाई कारवाही गर्ने निर्णय गरेको छ। क्यानको आचारसंहिताविरूद्ध सामाजिक सञ्जाल फेसबुकमा लेखेको भन्दै क्यानले उनलाई तीन डिमेरिट अंक दिने निर्णय गरेको छ। यसको मतलब उनलाई क्यानले आयोजना गर्ने प्रतियोगितामा एक खेल प्रतिबन्ध गरिएको हो। क्यानले अब आयोजना गर्ने जुनसुकै प्रतियोगिताको एक खेल सन्दीपले…