केआइआइटीबाट निकालिएका ८० विद्यार्थी जोगबनी हुँदै नेपाल आइपुगे

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)बाट निकालिएका ८० नेपाली विद्यार्थी जोगबनी नाका हुँदै नेपाल फर्किएका छन्। केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्यु भएपछि विश्वविद्यालयले जबर्जस्ती निकालेकामध्ये बुधबार दिउँसो ४ बजेसम्म ८० विद्यार्थी जोगबनी नाकाबाट नेपाल आइपुगेका हुन्। विश्वविद्यालयको होस्टलबाट निकालिएका विद्यार्थीहरू कोही बसबाट त कोही रेलमार्ग हुँदै जोगबनी नाका भएर नेपाल…