ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

हुम्ला । हुम्लाको दक्षिण भेगमा पर्ने चङ्खेली गाउँपालिकामा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । चङ्खेली गाउँपालिका-१ दर्बिस्थित बोहरावाडाबाट रिमीतर्फ जाँदै गरेको लु४त ७७२० नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही वडाका ३५ वर्षीय तुले बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए…