अक्सिजन सिलिण्डर बोक्न हामी जान्छौँ – सरकार हाम्रो मान्छे खोजिदेऊ : अमात्यको परिवार

काठमाडौं । गत साताको भीषण वर्षासँगै आएको बाढी-पहिरोका कारण नुवाकोटस्थित ‘त्रिशूली थ्री बी’ हाइड्रोपावरको क्याम्पमा फसेका सिनियर जियोलोजिष्ट सुमेस अमात्यको परिवारले सरकारको सुस्त उद्धार प्रक्रियाप्रति असन्तुष्टि र आक्रोश पोखेको छ । आज माइतीघरमा बेपत्ताहरूका परिवारजनले गरेको प्रदर्शनमा सहभागी भएका अमात्यकी पत्नी र बहिनीले सरकारले समयमै उद्धारमा ध्यान नदिँदा ज्यान जोखिममा परेको बताए । बाढी आएको…