एनपीएलमा चितवन राइनोजले दिएको १६२ रनको लक्ष्य पच्छ्याउँदै पोखरा एभेन्जर्स

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को पाँचौँ खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाएको छ । चितवनका लागि रवि बोपाराले सर्वाधिक ५१ रन जोडे । कप्तान कुशल मल्लले ३८ रनको योगदान दिए…