काठमाडौं । जय नेपाल पार्टीका अध्यक्ष डा.धवलशमशेर जबराले सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य र अभिभावकीय भूमिकासहितको संवैधानिक राजसंस्थाको पुनर्स्थापना गर्ने बताएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै जबराले नेपाल विविध जाति, जनजाति, भाषा र धर्मावलम्बीहरूको साझा देश भएकाले सबैलाई समेट्ने राजसंस्था आवश्यक रहेको दाबी गरे । उनले भने, ‘नेपाल विविधतामा एकता भएको देश हो…