काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति नागरिकमा अनिश्चितता, हतास र आक्रोश बढ्दै गएको बताएका छन्। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै थापाले आफूले नागरिकसँग निरन्तर संवाद गरिरहेको र उनीहरूमा सरकारप्रति तीन प्रकारका धारणा देखिएको बताए। “केही नागरिकमा अनिश्चितता भएको पाउँछु। केही नागरिकसँग कुरा गर्दा हिजो राम्रो भएन, आज पनि भएको छैन, भोलि…