काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भोलि (शुक्रबार) तीनदिने भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री खनाल तीनदिने औपचारिक भारत भ्रमणमा जाने जानकारी दिएको छ । मन्त्रालयका अनुसार भारत भ्रमणमा रहँदा मन्त्री खनालले भारतीय समकक्षीसँग द्विपक्षीय वार्ता गर्नेछन् । मन्त्रालयले द्विपक्षी हित, पिपुल टु पिपल सम्बन्ध, सहयोग वृद्धिलगायतका विषयमा…