काठमाडौं । नेपाली कांग्रेसले संसद् अवरोध जारी राख्दै संसदीय समितिहरूका बैठकसमेत बहिष्कार गर्ने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसद्मा आएर माफी नमागुञ्जेल कांग्रेसले यही २५ जेठसम्म सबै संसदीय समितिका बैठकमा सहभागी नहुने दलका नेता भीष्मराज आङ्देम्बेले बताए । आइतबार प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले `नेपालले पनि भारतको भूमि मिचेको रहेछ´ भन्ने…