पूर्वरथी बालानन्द शर्मा भए परराष्ट्रमन्त्री

  काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री भएका छन्। मन्त्री शर्मालाई राष्ट्रपति निवास शीतल निवासमा शुक्रबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। संयुक्त राष्ट्र संघको लेबनान स्थित शान्ति मिसनका फोर्स कमाण्डर समेत भएका शर्मा माओवादी लडाकु समायोजन विशेष समिति सचिवालयका संयोजक समेत थिए। प्रधानमन्त्री…