गगनसँग सहमति नजुटेपछि नयाँ पार्टी गठनको तयारीमा देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टी सभापति गगन थापासँग एकताको सम्भावना लगभग समाप्त भएको निष्कर्ष निकाल्दै राष्ट्रिय भेला बोलाउने तयारी गरेको छ। चुनदेवीस्थित सम्पर्क कार्यालयमा आइतबार इतर पक्षका नेता पूर्णबहादुर खड्काको उपस्थितिमा बसेको देउवा समूहका शीर्ष नेताहरूको बैठकले पार्टी एकताको सम्भावना न्यून बन्दै गएको निष्कर्षसहित राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको हो।…