काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई जारी सचिवालय बैठकबाटै नेतृत्व छाड्न आग्रह गरेकी छन्। शाक्यले गुण्डुमा एमाले सचिवालय बैठक जारी रहेका बेला सामाजिक सञ्जालमार्फत ओलीलाई अध्यक्ष पदबाट बिदा लिन अनुरोध गरेकी हुन्। उनले लेखेकी छन्, ‘कमरेड अध्यक्ष केपी शर्मा ओली। तपाईं नेकपा एमालेको अध्यक्ष पदमा रहेर तीन कार्यकाल नेतृत्व…