काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले बालेन सरकार निरंकुश बन्दै गएको दाबी गरेका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारलाई नागरिकको प्रश्न सुन्न र संविधानको सीमाभित्र रहेर काम गर्न चेतावनीसमेत दिए । सांसद राईले भागवत पुराणको हिरण्यकश्यप र प्रह्लादको प्रसंग उल्लेख गर्दै प्रश्न गर्ने अधिकारमाथि रोक लगाउने प्रवृत्ति लोकतन्त्रका लागि खतरनाक भएको बताए।…