काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले आगामी साउनदेखि निर्धारित पोशाकको पालना नगर्ने सांसदलाई प्रतिनिधिसभाको रोष्ट्रम प्रयोग गर्न नदिने चेतावनी दिएका छन् । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख अर्यालले सांसदहरूको पोशाक र संसदीय आचरणप्रति असन्तुष्टि जनाउँदै दलका प्रमुख सचेतक तथा सचेतकहरूलाई यस विषयमा कडाइ गर्न निर्देशन दिएका हुन् । बैठकमा उनले केही सांसदले कोट फुकालेर…