रास्वपाले भन्यो : ‘निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौती’

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनालले आगामी निर्वाचनमा शान्ति सुरक्षाको विषय नै सबैभन्दा प्रमुख रहेको बताएका छन्। प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । निर्वाचनमा शान्ति सुरक्षा, प्रचार प्रसारको विषय प्रमुख रहेको उनको भनाइ छ । भयरहीत वातावरणमा सहभागिता, नेताहरूको, पार्टीहरूको, उम्मेदवारहरूको सुरक्षाको ग्यारेन्टीको जिम्मेवारी सरकारको भएको…