काठमाडौं । कतारका अमिर शेख तामिम बिन हमाद अल थानीले इतिहासमै पहिलोपटक नेपाल भ्रमण गर्ने भएका छन् । उनले आगामी वैशाख ११ र १२ गते नेपाल भ्रमण गर्ने तय भएको कतारका लागि नेपाली राजदूत डा। नरेशविक्रम ढकालले जानकारी दिए । राजदूत ढकालका अनुसार नेपाल भ्रमणका क्रममा कतारी अमिरले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम…