विराटनगर । कोसी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्। सर्वाेच्च अदालतको परमादेशअनुसार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई संविधानको धारा १६८(३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्। सर्वाेच्चले बिहीबार कोसीका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गर्दै ४८ घन्टाभित्र कार्कीलाई नियुक्त गर्न परमादेश दिएको थियो। मुख्यमन्त्री कार्कीले आजै प्रदेश प्रमुख खापुङबाट पद…