काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सीमासम्बन्धी विवादास्पद अभिव्यक्ति दिएपछि संसद्मा विपक्षीले लगातार विरोध गरिरहेका छन् । विपक्षी दलहरूले प्रधानमन्त्रीले संसद्मै आएर माफी माग्नुपर्ने बताए पनि प्रधानमन्त्रीको भने तत्काल संसद्मा नआउने देखिएको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले आवश्यक ठानेमा प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने बताएका छन् । मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा संसद्मा भइरहेको…