प्रधानमन्त्रीले लिखित धारणा दिनुपर्ने विपक्षीको अडान, रविसँगको छलफल निष्कर्षविहीन

काठमाडौं । प्रतिनिधिसभाको जारी गतिरोध अन्त्य गर्ने प्रयासस्वरूप राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपक्षी दलका नेताहरूसँग गरेको छलफल निष्कर्षविहीन बनेको छ । बुधबार सिंहदरबारमा भएको छलफलमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, नेकपाका नेता वर्षमान पुनलगायत विपक्षी दलका प्रमुख सचेतकहरू सहभागी थिए । छलफलका क्रममा सभापति…