संसद् अधिवेशन स्थगित

काठमाडौं । संघीय संसद्को दुवै सदनको अधिवेशन स्थगन गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् अधिवेशन स्थगन गरेका हुन् । यसअघि बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन आह्वान गरेका थिए ।